
दाङ ।
दाङमा कोइलाखानीमा पुरिएर एक जना मजदुरको ज्यान गएको छ ।
घोराही उपमहानगरपालिका १९ राम्चेमा कोइला निकाल्दै गरेका सोही वडाको तिर्साङका ४५ वर्षीय मोहनलाल कामीको पुरिएर ज्यान गएको प्रहरीले जनाएकाे छ ।



खानीमा कोइला निकाल्ने क्रममा माेहनलाललाई माथिबाट खसेको कोइलाले च्यापेको थियो ।









