
बुटवल ।
संसद पुनःस्थापनाको खुसीयालीमा नेकपाको प्रचण्ड–माधव समुहले आज बुटवलमा बिजय र्याली निकालेको छ । बुटवलको राजमार्ग चौराहबाट निस्कीएको पञ्चेबाजा सहितको र्याली ट्राफिक चोकमा पुगेर कोण सभा गरीएको थियो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै नेताहरुले सर्वोच्चले संविधानको रक्षा गर्दे देशलाइ ठुलो दुर्घटनाबाट जोगाएको बताए । वक्ताहरुले प्रधानमन्त्री केपिशर्मा ओलीको राजीनामा पनि मागे ।



पार्टीका केन्द्रिय सदस्य बामदेव क्षेत्री, जिल्ला अध्यक्ष राजु गुरुङ लगायतले बोल्दै संसद पुनस्र्थापनाले जनताको जित भएको भन्दै अव देशले निकास पाउने बताए । जुलुमा सहभागीले जित कसको जनताको,लोकतन्त्र जिन्दावाद लगायतका नारा लगाएका थिए ।









