
काठमाडौं ।
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसाे ३ बजे बस्दै छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाको दाहाल–नेपाल पक्षीय नेताहरूसँगको छलफलपछि पार्टीको पदाधिकारी बैठक बोलाएका हुन्। बैठकमा प्रतिनिधिसभा पुनर्स्थापनापछि साे समूहले गरेको सहकार्यको प्रस्तावमा छलफल गरिने भएको छ।



देउवाले बुधबार दिउँसो बूढानीलकण्ठमा नेकपा दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पमकमल दाहाल र माधव नेपालसँग छलफल गरेका थिए।छलफलमा दाहाल र नेपालले देउवालाई सत्ता सहकार्यको प्रस्ताव राखेका थिए।








