
बुटवल ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको नया नेतृत्वको लागि आज मतदान हुँदै छ । संघको २४ औं अधिवेशन अन्तरगत यहि फागुनको ७ गतेदेखि सुरु भएको निर्वाचन कार्यतालिका अनुसार मंगलबार उम्मेदवारी मनोनयन भएको थियो भने आज मतदानको कार्यक्रम तय गरिएको थियो ।
नेतृत्व सहित सचिव, कोषाध्यक्ष तथा सदस्य पदको लागि निर्वाचन हुने प्रमुख निर्वाचन आयुक्त अधिवक्ता बाबुराम पाण्डेले जानकारी गराए । निर्वाचनको लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै उनले बिहान ९ बजेदेखी साँझ ५ बजेसम्म मतदान हुने जनाए ।



विहिबारको मतदानमा अध्यक्ष, सचिव, कोषाध्यक्ष, महिला सदस्य र खुल्ला सदस्यमा मतदान हुने उनले जानकारी दिए । १ हजार ६ सय १३ मतदाता रहेको संघको नेतृत्वको लागि २ जनाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष उज्वलप्रसाद कसजु र बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्यालले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, बाणिज्य उपाध्यक्ष, महासचिव, एशोसियट सदस्य र बाणिज्य सदस्य भने निर्विरोध भएको उनले जानकारी दिए । संघको वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष, बाणिज्य उपाध्यक्ष र महासचिवमा क्रमशः टंकप्रसाद गैरे, नरिश्वर शर्मा पौडेल र बिमलराज भट्टराई निर्विरोध भएका छन् ।
यस्तै सचिव पदको लागि ३ जनाको मनोनयन परेको छ । मुक्ती अधिकारी, बाबुराम बिक र सुर्य पराजुलीको बिचमा प्रतिष्प्रर्धा हुने जनाईएको छ । यस्तै संघको कोषाध्यक्ष पदका लागि नविन श्रेष्ठ र भेषराज गैरेको उम्मेद्वारी परेको छ ।
एशोसियट सदस्य पदमा आनन्दप्रसाद वझा पनि निर्विरोध भएका छन् । ४ बाणिज्य सदस्य पदमा काशीराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेलको एकल उम्मेदवारी परेको छ । त्यस्तै ४ उद्योग सदस्य पदमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु र संजय कलवार जयसवालको उम्मेदवारी परेको छ ।
खुल्ला तर्फको ७ सदस्य पदमा १३ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्यमा दिनेश श्रेष्ठ, दिपकप्रसाद चापागाई, इर्साद आलम मिया, जाकिर हुसेन, जानकी नेपाल, कृष्ण श्रेष्ठ (कुलप्रसाद), माधवप्रसाद भुसाल, मोह्मद जमिल खान, सवर मिया, सुमोदमान सैंजु, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ र तुलसीराम खनालको उम्मेदवारी परेको हो ।
त्यस्तै महिला तर्फको २ सदस्य पदमा ४ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा जमुना पौडेल, मीना प्रधान, नमकला वेलवासे र सुनिता शर्मा बञ्जाडेको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।









