
बुटवल ।
नेपाल मगर संघ बुटवल समितिले फागुन १५ गते मगर एकता दिवसलाई यो बर्ष पनि विविध कार्यक्रम गरी मनाउने भएको छ ।
बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाल मगर संघ बुटवल कमिटि अध्यक्ष थर्क बहादुर बारघरे मगरले यहि फागुन १५ गते मगर एकता दिवसको अवसरमा बुटवलको हस्पताल लाईनमा वृहत झाँकी भेषभुषा सहितको कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।



कार्यक्रमलाई सम्बोधनका लागि केन्द्रीय संस्थापक अध्यक्ष सुर्य कुमार आले मगर आउने कार्यक्रम छ ।
यस्तै सोही कार्यक्रममा विविसीको १०० औ जना महिलाको सूचीमा समावेश भएकी सपना रोका मगरलाई विशेष सम्मान कार्यक्रम समेत तय गरिएको नगर अध्यक्ष थर्क बहादुर बारघरे मगरले जानकारी दिए ।









