
उर्मिला यादव/नवलपरासी ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ३ देवकोटा चोकमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
सुनवल नगरपालिका वडा नम्बर ३ देवकोटा चोक बस्ने टीकाराम न्यौपानेका १४ बर्षिय छोरा सफल न्यौपानेको करेन्ट लागेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बिहीबार बिहान साढे ६ बजेको समयमा नुहाइधुवाइ गरी घरकै फलामको तारमा कपडा सुकाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका सफलको उपचारको क्रममा बुटवलमा ज्यान गएको हो ।



करेन्ट लागी घाइते भएका सफललाइ उपचारको लागी रुपन्देहीको देवदह मेडिकल कलेज भलुही पुरयाइएकोमा थप उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरीएको थियो । विहिवार बिहान सात बजे अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।









