
पाल्पा ।
पाल्पाको रामपुर नगरपालिका–७ किसानबारी स्थित सडक पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामपुर नगरपालिका–६ विजयपुर बस्ने अन्दाजी ३० वर्षीय सन्जु राना रहेका छन् । बिहीबार राति ९ बजे सडक पुलबाट खसेर रानाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।



रामपुर नगरपालिका ४ खोप्टारबाट विजयपुर घरतर्फ जाँदै गर्दा लु १३ प ६८१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।









