
गुल्मी।
गुल्मीदरवार गाउँपालिका गुल्मीले ५ उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । गाउँपालिकामा शुक्रवार देखि सुरु भएको सातौं गाउँसभाको अवसरमा विभिन्न शाखामा काम गर्ने ५ जना कर्मचारीहरुलाई कार्य सम्पादन मुल्याङ्कनको आधारमा पुरस्कृ तगरिएको हो ।
पुरस्कृत हुनेमा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख अधिकृत छैठौं तहका नारायण प्रसाद अर्याल, वडा नम्वर ४ विरवास स्वास्थ्यचौकी प्रमुख सिनियर अनमी,वडा नम्वर ३ गौडाकोटकी वडा सचिव पुर्णिमा घिमिरे ,अधिकृत छैठौं टंकप्रसाद पन्थी ,सुचना प्रविधि अधिकृत सुरेश खनाल र कम्युटर अपरेटर टुकबहादुर राना रहेका छन् ।



पुरस्कृत हुनेलाई गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा,उपाध्यक्ष मिना भण्डारी र प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले सम्मान गरेका थिए ।
उत्कृष्ट कर्मचारी सम्मान गर्दै गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले कर्मचारीहरुलाई काम गर्न प्रोत्साहित गरिने बताउनुभयो ।









