
गुल्मी ।
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) प्रचण्ड नेपाल समूहका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश कमिटी इन्चार्ज युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली बाहेक अरु सबैसँग पार्टी एकता कायमै रहने बताएका छन् ।
शनिबार प्रचण्ड नेपाल पक्षका नेकपा गुल्मी जिल्ला कमिटीले सदरमुकाम तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ज्ञवालीले ओली सहितको पार्टी एकता सम्भव नै नहुने ठोकुवा गरे ।
‘जसले नेपाली जनताले ७० बर्ष अघि देखि लडेर ल्याएको संविधान खोस्न खोजेको छ । सांसद विगठन गरेर देश र जनतालाई अहित गर्ने काम गरेको छ,’ उनले थपे, ‘मुलुकको अहित मात्र होइन राष्ट्रघाती अपराध गरेको छ अझ हामीले त्यस्ता अपराधी संग पार्टी एकता गर्न सक्छौं यस्तो कुनै पनि हालमा सम्भव छैन, अरु सबैसँग भने हामी पार्टी एकता गर्न सक्छौं ।’



नेता ज्ञवालीले केपी ओली तत्कालीन माओवादीसँग पार्टी एकता कम्युनिष्ट आन्दोलनका लागि नभएर कुर्चीका लागि पार्टी एकता गरेको पुष्टि भएको ठोकुवा गरे ।









