
माधव खनाल/अर्घाखाँची ।
भुमिकास्थान नगरपालिकाको साम्नेगाउँमा पहिलो पटक बस पुगेको छ । भुमिकास्थान-१ साम्नेगाउँको छेंडापोखरिमा आज पहिलोपटक लु २ ख ४९३२ नम्बरको बस पुगेपछी स्थानिय खुशी भएका छन् ।
बस पुगेको खुसियालीमा स्थानीयले बाजागाजा सहित बस चालक र सहचालकलाई फुलमाला र अबिर लगाई स्वागत गरेका थिए । प्रदेश सरकार र भुमिकास्थान नगरपालिका वडा नम्बर-१ को विनियोजित बजेटबाट बाटोको स्तरोन्नोती भएपछि आज पहिलो पटक त्यहाँ बस पुगेको हो । अन्य साना सवारीसाधन गएपनी बस पहिलो पटक पुगेको हो ।



भुमिकास्थान नगरपालिका वडा नम्बर-२ का वडाअध्यक्ष बुद्धि थापाले रिबन काटेर बाटोको उदघाटन गरे ।उदघाटन कार्यक्रममा मन्तव्य राख्दै थापाले बस सेवा संचालनको लागि प्रदेश सरकार र स्थानीयतहले महत्त्वपूर्ण भुमिका खेलेको बताए । साथै अध्यक्ष थापाले बाटोलाई थप स्तरोन्नति गरि बस नियमित सन्चालन गर्न पहल गरिने कुरामा जोड दिए ।

यस्तै कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका विशिष्ट अतिथि भुमिकास्थान नगरपालिका वडा नम्बर-१ का वडा अध्यक्ष भोजराज खनालले स्थानीयको माग अनुसार बस सेवा सञ्चालनका निमित्त बजेट विनियोजित गरि बाटोको साँघुरा मोडहरु र डबलकटिङ्ग गरि बस पुर्याउन सफल भएको बताए ।अध्यक्ष खनालले वडास्तरबाट बजेट विनियोजित गरि बाटोमा नाली कटान सहित थप स्तरोन्नति गरिने बताए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रतिनिधि कासिराम गमाल, नेपाली कांग्रेसका चुरामणी भुसाल,राष्ट्रिय जनमोर्चाका मेघराज खनाल, बस चालक टिकाराम खनाल लगायतले मन्तव्य राखेका थिए ।कार्यक्रम स्थानीय जेष्ठ नागरिक धनिस्वर खनालको अध्यक्षता, माधव परियारको स्वागत मन्तव्य र माधव खनालको सन्चालनमा सम्पन्न भएको हो ।

२०६१ सालमा स्थानियले कोदालोले बाटोको ट्र्याक खनी जिपसेवा सन्चालन भएको साम्नेगाउँमा १५ बर्षपछी बस पुगेको हो । बस पुगेपछि भुमिकास्थान नगरपालिका वडा नम्बर १ का डाडाँ-धपखोला-छेडापोखरी-बगैंचा-साम्नेगाउँ-ओखटे र प्युठानको मल्लरानी गाउँपालिका वडा नम्बर-२ का सिउते-सिउडेनी-बाख्खोरका जनता प्रत्यक्ष लाभान्वित हुनेछन् ।









