
अर्घाखाँची, फागुन ।
अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिकामा नेपाल महिला संघ गठन भएको छ । नवगठित समितिको अध्यक्षमा अम्बिका पोख्रेल सर्वसम्मत चयन हुनुभएको छ । पाणिनीको दुर्गाफाटमा आयोजित गाउँपालिकाका ८ वटै वडाका महिलाहरुको उपस्थितीमा पोख्रेल सहित २५ सदस्यीय महिला संघको चयन गरेको महिला संघका जिल्ला सचिव छमा कार्कीले बताउँनुभयो ।जसको उपाध्यक्षमा तुल्सा घिमिरे ९मैदान०, हिमा पोख्रेल ९खिदिम०, सचिबमा मधु पन्त ९पालि०, कमला घिमिरे ९पटौटी०, सहसचिबमा पबित्रा नेपाली ९अडगुरी०, कोषाध्यक्षमा गीता खनाल ९खिदिम० चयन हुनुभएको छ ।जसको सदस्यहरुमा भारता थापा क्षेत्री, माया पोख्रेल, कबिता पौडेल, बिमला गौतम, रमा घिमिरे, पिंकि घर्ती, चन्द्रकला न्योपाने, राधा घिमिरे, मना श्रेष्ठ, उषा पोख्रेल, तुल्सा क्षेत्री, मैयाँ श्रेष्ठ, कमला पोख्रेल, बिष्णु घिमिरे, सुमित्रा परियार, सरिता सुनार, पुष्पा खनाल, सौरन मिया चयन भएको सचिबमा मधु पन्तले जानकारी दिनुभयो ।












