
काठमाडौं ।
एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता आगामी असोजमा हुने भएको छ। कोरोना महामारीका कारण गतवर्ष स्थगित भएको प्रतियोगिताको नयाँ मिति सार्वजनिक भएको हो।
इपिएल आयोजकले आगामी असोज ९ गतेदेखि २३ गते सम्म प्रतियोगिता हुने मिति सार्वजनिक गरेका छन्।क्रिकेट एशोसियसन नेपाल (क्यान)ले इपिएल आयोजना गर्न सो मिति अनुमोदन गरेको इपिएलले जनाएको छ।



गत वर्ष चैत्र १ देखि १५ गतेसम्म हुने भनिएको प्रतियोगिता कोरोना महामारीका कारण स्थगित भएको थियो।








