
बुटवल ।
बुटवल महिला सुनचाँदी समुहले बधाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। हालै सम्पन्न नेपाल सुनचाँदी व्यावसायि महासंघ तेस्रो महाधिवेशन बाट निर्वाचित पदाधिकारीलाई सम्मान तथा स्वागत गरेको छ ।
महाधिवेशनमा निर्बाचित सुनचाँदी बिज्ञ समिति संयोजक प्रेम कुमार सेन्चुरी, उपाध्यक्षमा जोगलाल बिक, केन्द्रिय सदस्य एम बि. बिक ,दिपक बि.क.लाई प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष तेज प्रसाद बिक र बुटवल महिला सुनचाँदी समुहका अध्यक्ष कमला बिकले ढाका टोपि र खादा टिका सहित बधाई तथा स्वागत गरेका हुन ।



कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष तेज प्रसाद बिकको आतिथ्यतामा सम्पन्न भएको हो। सो अवसरमा प्रमुख अतिथि बिकले सुनचाँदीका ब्यवसायीहरुको हक हित र अधिकार प्राप्तिकालागि मात्र नभई गुणस्तरीय गरगहनाहरुको उत्पादन, ब्यवसायिक इमान्दारीता, उपभोक्तामुखी सेवा र सामाजिक उत्तरदायित्वको साथ देशको आर्थिक सम्बृद्धिमा योगदान गरेके बताए ।साथै उनले सुनचाँदी व्यवसाय प्रबन्धन गर्न सुनचाँदी व्यावसायि बीच एकरूपता हुनु पर्नेमा जोड दिए ।
यस्तै सुनचाँदी बिज्ञ समिति संयोजक प्रेम कुमार सेन्चुरीले आफुले पाएको जिममेवारी गम्भीरता पुर्वक निर्भाह गर्दै सुनचाँदी व्यावसायिको हकहितको लागि काम गर्ने बताए।केद्रिय उपाध्यक्ष जोगलाल बिकले सुन आयातको सम्बन्धमा सरकारी नीति अस्थिर भएको भन्दै व्यवसाय प्रवर्द्धन नियमन गर्ने ऐन तथा कार्यविधि तत्काल ल्याउन सरकारको ध्यानाकर्षण गराए ।
कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य एम बि बिकले सुनचाँदी व्यावसाय ब्यबस्थापनमा महिलाको भुमिका अत्यन्तै महत्वपूर्ण भएको बताए । कार्यक्रममा केन्द्रिय सदस्य दिपक बिक ,सुनचाँदी व्यावसायी संघ लुम्बीनि प्रदेशका सहसचिव हरि बिक,सुनचाँदी व्यावसाय संघ रुपन्देहिका एस रत्न बज्राचार्य,महासचिव किशोर सेन्चुरी ,मोहन गहतराज ,सिबा खड्का लगायतले बोल्दै सुनचाँदी व्यवसाय अगाडी बढाउन महिलाहरुको साथ महत्वपुर्ण रहेको बताएका थिए ।
कार्यक्रम समुहका अध्यक्ष कमला बिकको अध्यक्षता समुहका उपाध्यक्ष किरन बिकको स्वागत एबम सरु खड्काको संचालनमा सम्पन्न भएको हो ।









