ट्रेन्डिङ

ऋषि पञ्चमी परम्पराभित्र लुकेको जीवन–दर्शन :पण्डित दशरथ पाण्डेय

तानसेन बहुमुखी क्याम्पसको ३७ औँ वार्षिक दिवस सम्पन्न, आर्थिक प्रतिवेदन र आगामी बजेट पारित

प्रशासकीय नेतृत्वमा ठूलो फेरबदल : रामपुरसहित पाल्पाका ६ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए

मनोरञ्जनात्मक कार्यक्रमको बजेट कटाएर बाढीपीडितको राहतमा तिनाउ गाउँपालिकाको ३२ लाख ९४ हजार सहयोग

‘भोटेकोशीको भयानक भेलसँगै भक्कानिएका भावनाहरू’

देशैभर धान रोपाइँ सुस्त: सुदूरपश्चिम अगाडि मधेस सबैभन्दा पछाडि, लुम्बिनीमा कति ?

तानसेन वडा नं. ६ द्वारा ४ सय १९ जना जेष्ठ नागरिक तथा लक्षित वर्गलाई सम्मान

वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम सम्पन्न, उत्कृष्ट उद्यमी सम्मानित

तानसेन–१२ मा नवनिर्मित वडा कार्यालय भवन समुद्घाटन

इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द

सरकारी आधिकारिक कागजात मोबाइल एप प्रयोग गरेर ‘स्क्यान’ नगर्न तीनै तहका सरकारलाई निर्देशन

बुटवल ३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

तिनाउमा अभिभावक शिक्षा अभियान सुरु, पहिलो दिन १७० जनाको सहभागिता

अभिभावकलाई शिक्षित बनाउँदै तिनाउ : असार १० देखि विशेष कार्यक्रम सञ्चालन हुँदै

घरदैलोमै सेवा: रामपुरको एकीकृत घुम्ती शिविरमा नागरिकको उत्साहजनक सहभागिता

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार सम्बन्धी सचेतना कार्यक्रम समपन्न

रामपुर–८ मा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वर्षा नहुँदा तराई तातिदै, भैरहवामा तापक्रम ३७.५ डिग्रीबाट माथि उक्लँदै

रवि लामिछाने पुगे दिल्ली, भाजपा महासचिवले गरे स्वागत

प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

नेपाल–भारत सीमा बारे प्रधानमन्त्री शाहको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण

“पाल्पा अस्पताललाई ५० शैयाको आधुनिक अस्पताल बनाउँछौं” : मुख्यमन्त्री आचार्य

गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

पाल्पा बन्यो मुलुककै पहिलो ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’ जिल्ला

विद्यालय तहबाटै अभिभावक सचेतना आवश्यक: प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल

रिब्दीकोटमा अभिभावक शिक्षा अभियान तीव्र, आज वडा नं. १ मा विशेष कार्यक्रम हुँदै,अन्य वडामा पनि तयारी तीव्र

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

तिनाउ गाउँपालिकाको सातौँ अध्यक्ष प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

साइन रेसुङ्गा बैंकको डिजिटल बैंकिङ्ग सेवा बिस्तार अभियान तिब्र


बुटवल ।
बुटवलमा केन्द्रीय कार्यालय रहेको साइन रेसुङ्गा डेभलपेण्ट बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवा बिस्तार अभियानलाई तिब्रता दिएको छ । बढ्दो प्रविधिको प्रयोगसँगै बैंकले डिजिटल बैंकिङ्ग सेवा बिस्तार गरेको हो । प्रविधिमैत्री बैंकिंङ्ग सेवा बिस्तार गर्ने उद्धेश्यले बैंकहरुले क्युआर कोडको माध्यमबाट डिजिटल भुक्तानी प्रणालीलाई अगाडी बढाएका हुन् ।

यसै क्रममा साइन रेसुङ्गा डेभलपेण्ट बैंकले आज रुपन्देहीको तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलका हाटबजार व्यवसायी तथा अटो रिक्सा चालकहरुलाई डिजिटल बैंकिङ्ग सेवाका लागि क्युआर कोड बितरण गरेको छ ।बैंकले आज ड्राइभरटोलमा एक कार्यक्रमकाबीच ५० हाटबजार व्यवसायी र ११ जना अटो रिक्सा चालकलाई क्युआर कोड बितरण गरेको हो ।

क्युआर कोड बितरण गर्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले विश्वमा बढ्दो प्रविधिको प्रयोगसँगै बैंकले राष्ट्र बैंकसँगको सहकार्यमा विद्युतीय भुत्तानी प्रणाली सेवा बिस्तार गरेको बताउदै यो सेवा अन्य सेवाभन्दा सूरक्षीत रहेको बताउनुभयो ।एटिएम सेवा हुँदै विश्वमा मोवाइल बैंकिङ्ग सेवाको विकास भएको भन्दै उहाँले ढिलो चाडो सबै यो सेवा मा जोडिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बैंकका ड्राइभरटोल शाखा प्रवन्धक पबित्रा खनाल,हाटबजार व्यवसायी अर्जुन पाण्डे,रिक्सा ब्यवसायी संघ संकरनगरका अध्यक्ष अध्यक्ष रोमनाथ भण्डारी लगायतले डिजिटल भुक्तानी प्रणालीको उपयोगिता र महत्वबारे आ आफ्नो भनाई राख्नुभएको थियो । केही दिनअघि रुपन्देहीको भैरहवाबाट सुरु गरेको डिजिटल भुक्तानी प्रणाली अन्तर्गत आज मात्रै ६० बढी ब्यवसायीलाइ क्युआर कोड बितरण गरिएको बैंकका बरिष्ठ प्रबन्धक लालमणी पन्थीले जानकारी दिनुभयो ।

बजार गर्न जाँदा अब पराम्परा गत तरिकाले पैसा नै बोकेर हिड्नु पर्ने बाध्यता बिस्तारै हट्दैछ । कुनै पनि बैंकमा खाता हुनेले डिजिटल माध्यमबाट नै भुक्तानी हुने गरि अहिले बजार क्षेत्रमा प्राय पसलमा क्युआर कोड राखिएको छ । नगद नभएको अवश्थामा पनि मोबाईलकै माध्यमबाट सजिलै तिर्न मिले पछि बिस्तारै यो अभियान गाउँतिर पनि केन्द्रित हुँदैछ ।

भैरहवाका पसल मात्र हैन यँहाका ई–रिक्सा, अटो, भाडाका कारमा समेत अहिले डिजिटल भुक्तानी प्रभावकारी भएको छ । नगद नबोकेपछि चोरी हुने तथा हराउने समस्या हुन्न भने डिजिटल भुक्तानी गर्दा नगद भुक्तानीबाट हुने जोखिम पनि नरहेको सरोकारवालाको भनाई छ ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेशकुमार न्यौपानेले डिजिटल भुक्तानी प्रणालीलाई गांउगांउसम्म पुर्याउन नेपाल राष्ट्र बैंकले अभियान थालेको बताए । उनले यो प्रविधी सुरक्षित, सजिलो र सर्वसाधारण्को पहुंचसम्म पुर्याउन कम खर्चिलो भएकोले क्युआर कोडबाट भूक्तानी गर्न सर्वसाधारण अभिप्रेरित गर्नुपर्ने उल्लेख गर्दै यसलाई अझ विश्वासिलो बनाउन बैंक तथा वित्तीय संस्थाको ठुलो भूमिका हुने बताएका छन् ।

यहि प्रयास स्वरुप नै नेपाल राष्ट्र बैंकको सहकार्यमा भैरहवाका रिक्सा ब्यवसायी र अन्तर्राष्ट्रिय उडान सञ्चालनको तयारिमा रहेको गौतमबुद्ध विमानस्थलबाट चल्ने भाडाका ट्याक्सीहरुमा पनि क्युआर कोडबाट भुक्तानी प्रणालीको शुरु भएको छ ।

सनराइज बैंक लिमिटेडद्धारा प्रदान गरिएको क्युआर कोडको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले आज देखी सुरु गरेका हुन । निर्देशक फुयालले नेपालमा डिजिटल बैंकिंग प्रणालीको आवश्यकता बारे चर्चा गर्दै लुम्बिनी प्रदेशमा क्युआर कोड विस्तार अभियानमा नेपाल राष्ट्र बैंक लागेकोले यसलाई सफल बनाउन सबैलाई आग्रह गरे ।

शुभारम्भ कार्यक्रममा गौतमबुद्ध विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारी, सनराइज बैंक लुम्बिनी प्रदेश प्रबन्धक सुनिल मण्डल, नेपाल राष्ट्र बैक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेशकुमार न्यौपाने लगायत ट्याक्सी ब्यवसायीहरु र सनराइज बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यस्तै पाल्पा जिल्लामा पनि डिजिटल प्रविधी मार्फत बैंकिंङ्ग सेवाको पहुच विस्तार गर्ने उद्धेश्यले क्युआर कोडको माध्यमबाट भुक्तानी प्रणालीलाई शुरुवात गरिएको छ । तानसेन नगरपालिकाका मेयर अशोक शाही र नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेश कुमार न्यौपानेले पाल्पा जिल्ला भित्रका ढाका कपडा व्यवसायी, कृषक, कानुनीसेवा व्यवसायी, सहकारी संस्था, विद्यालय, मोटरसाइकल मर्मत पसल, होटल रेष्टुरेन्ट लगायत विविध क्षेत्रका व्यवसायीहरु गरि १ सय १८ जनालाई क्युआर वितरण गरेका थिए ।

पाल्पामा नेपाल बैंक लिमिटेड पाल्पा शाखाले क्युआर कोड प्रदान गरेको छ । तानसेन नगरपालिकाका मेयर अशोक शाहीले विज्ञान प्रविधिको विकास भएका संगै बैकिंङ्ग प्रविधीलाई सबैले अवलम्वन गर्दै जानु पर्ने बताए ।

नेपाल बैंक लिमिटेड पाल्पा शाखाका शाखा प्रबन्धक सुरज घिमिरेको अध्यक्षता रहेको उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख पासाङ् दोर्जी शेर्पा, मुख्य प्रबन्धक लेखनाथ भुषाल, उद्योग वाणिज्य संघ, पाल्पाका अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका सदस्य नारायण वस्याल लगायतले नगदरहित कारोबारमा जोड दिनुपर्ने बताए ।

सम्बन्धित खवर