
अर्घाखाँची, २० फागुन ।
पाणिनी गाउँपालिकाको दुर्गाफाटमा चौथों पाणिनी दुर्वाशेश्वर पर्यटन महोत्सव–२०७७ सञ्चालन हुने भएको छ ।अर्घाखाँचीको सौन्दर्यता हाम्रो सान, पर्यटन विकासमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ यही फागुन २७ गते महाशिवरात्रीको अवसरमा मेला सञ्चालन हुन लागेको पाणिनी पर्यटन समाजका अध्यक्ष झविन सुनामले जानकारी गराए ।
पर्यटन प्रबर्द्धनमा टेवा पुराउने उद्देश्यले आयोजित महोत्सबमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालमा पुर्व अध्यक्ष तथा बहुचर्चित लोक गायक बद्री पङ्गेनी,लोकदोहोरी गायिका सुनितामी परियार, हास्य व्यंग्य कलाकार विष्णु पाण्डे माईला बा लगाएतका कालाकारहरुको विषेश प्रस्तुती रहने समाजका अध्यक्ष सुनामले विहिवार पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
पाणिनी पर्यटन समाजको आयोजना तथा पाणिनी गाउँपालिकाको सह आयोजना हुने मेला शिवरात्रीको दिन सन्चालन हुनेछ भने मेला २७ गते एकदिन चल्ने आयोजकले जानकारी दिएको छ ।
पाणिनी पर्यटन समााज सामाजिक क्षेत्रमा क्रियाशिल रहदैँ आएको छ । समाजले पाणिनी गाउँपालिकामा पहिलोपटक एम्बुलेन्स सेवा समेत सञ्चालन गरिसेको छ भने अन्य सामजिक कार्य पनि गर्दै आएको छ ।












