
दिपक भट्टराई,फागुन २३ रुपन्देही



स्थानीय खानेपानी,सरसफाइ तथा स्वच्छता योजना निर्माणका लागि मोबाइल एप्लिकेसन मार्फत तथ्यांक संकलन तथा सम्पादनको लागि प्रशिक्षक प्रशिक्षण तालिम आज देखि बुटवलमा शुरु भएको छ । लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा शुरु भएको तालिममा प्रदेशका १२ वटै जिल्लाका वास संयोजकहरु,खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका प्रदेश तथा जिल्ला अध्यक्षहरु,गाउँपालिका र नगरपालिकाका प्रमुखहरु, खानेपानी डिभिजन कार्यालयका प्रमुखहरु,ईन्जिनियरहरु लगायतको सहभागिता रहेको छ । दुई दिन चल्ने उक्त तालिममा प्रदेश सरकारले बनाउन लाएको वास योजनालाई अन्तिम रुप दिने उदेश्यले प्रशिक्षण गर्न लाएको मन्त्रालयका खानेपानी महाशाखा प्रमुख ध्रुव धितालले बताउनुभयो ।साथै उहाँले स्थानीय खानेपानी,सरसफाइ तथा स्वच्छता योजना अहिले नेपाल सरकार को निति भएको तर ५ न। प्रदेशले देशमा पहिलो काम गरेको समेत बताउनुभयो , जेठ मसान्त भित्र तथ्यांक संकलन सक्ने योजना रहेको उहाँले बताउनुभयो । वास योजनाको लागि अब दोस्रो चरणमा स्थानिय स्तरमा रहेको खानेपानी को अवस्था पता लगाउने र समस्या देखिएको ठाउँमा खानेपानीको काम अगाडी बढाउने मन्त्रालयको लक्ष्य रहेको छ । मन्त्रलायका सचिव सुशील चन्द्र तिवारीको अध्यक्षता,खानेपानी तथा सरसफाइ उपभोक्तामहासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालको प्रमुख आतिथ्यमा भएको उद्घाटन समारोहमा बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याल, खानेपानी महासंघ लुम्बिनी प्रदेश संयोजक थानप्रसाद गैरे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । तालिममा भौतिक पूर्वाधार विकास मन्त्रालयको कन्सल्टको रुपमा खटिनुभएका वाश बिज्ञ सुर्य थापा ।खानेपानी बिज्ञ थरेन्द्र पौडेल र मन्त्रालयका आईटि बिज्ञ निरव वैधले सहजीकरण गर्नुभएको छ ।










