
बुटवल, २५ फागुन ।
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङ्गले देशमा देखिएको हालको राजनीतीक तरलतालाई सहि बाटोमा लैजानको लागि नेपाली काङ्ग्रेसको नेतृत्व आवश्यक रहेको बताए ।रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यलय बुटवलले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता गुङ्गले कम्नियुष्टलाई जनताले ठुलो आसा र भरोसाका साथ करिब दुईतिहाईको मत दिएर सरकारमा पठाए तर आज जनताको मतको अपमान हुनुको साथै मुलुकलाई अस्तिरता तर्फ धकलियो । उनले सर्वोच्चको पछिल्लो फैसलाले जनताको भावनाको कदर गरेको बताए ।उनले काङ्ग्रेस पार्टी जनताको र राष्ट्रको हितमा सधै उभिने पार्टी भएकोले अहिले देखिएको राजनितिक तरलतालाई पनि सबै दलको सहमतिमा काङ्ग्रेसले नै पार लगाउने बताएका छन् । जब जब मुलुकमा संकटको अवस्था आउदा काङ्ग्रेसले नै नेतृत्व गरेको बताउदै काङ्ग्रेस सबै ढोका खुला गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए । नेता गुरुङ्गले भने सरकारको नेतृत्वको लागि दलहरुबाट काङ्ग्रेसलाई प्रस्ताव आईरहेको तर काङ्ग्रेसले सरकार र संसदको गंतव्य निरक्योल भएपछि मात्रै सरकारमा जानुपर्ने बताए ।
नेपालको संधिान अनुरसार प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनु पर्ने भए पनि प्रधानमन्त्री ओलीले विश्वासको मत लिने सम्भावना कमै रहेको जीकीर गरे ।नेता गुरुङ्गले नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनमा केन्द्रिय सभापतिमा आफ्नो उमेदवारी रहने दावी गरे ।केन्द्रिय सदस्य समेत रहेका गुरुङ्गले भने परिर्वतनको लागि कसै न कसैले साहसीक कदम चाल्नु पर्ने जरुरी भएकाले आफु उमेदवारीका लागि मात्रै नभएको बताउदै नयाँ पुस्ताले अबको नेतृत्व लिनु पर्ने भएकाले आफ्नो उमेदवारी फिर्ता नहुने ठोकुवा गरे । कार्यक्रम रिपोर्टर्स कलब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।











