
अर्घाखाँची, २५ फागुन ।
पाणिनि गाउँपालिका अर्घाखाँचीमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आधारभुत तालिम सम्पन्न भएको छ ।
पहिलो चरणमा ९ दिन र दोस्रो चरणमा ९ दिन गरि १८ दिने तालिमको समापन गर्दै पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरेले स्वास्थ्य क्षेत्र सबैभन्दा महत्त्वपूर्ण क्षेत्र रहेको बताउँनुभयो ।पाणिनि गाउँपालिकाका हरेक नागरिक स्वास्थ्य क्षेत्रबाट बञ्चित नहुने गरि स्वास्थ्य चौकिबाट सेवा लिन आग्रह गर्दै आवश्यक औषधि गाउँपालिकाले व्यवस्था गर्ने बताउँनुभयो ।तालिमको समापन सत्रमा पाणिनि गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरे, स्वास्थ्य कार्यालय अर्घाखाँचीका गिता भुसाल लगाएतले तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।
आजको तालिम धातिवाङ्ग स्वास्थ्य चौकि ईन्चार्ज मित्रदेव पौडेल र अडगुरी स्वास्थ्य चौकि ईन्चार्ज पुनाराम भुसालले गर्नुभएको थियो ।
तालिम पाणिनि गाउँपालिका भित्रका स्वास्थ्य चौकिका ईन्चार्ज तथा स्वास्थ्यकर्मीहरूबाट सञ्चालन भएको थियो ।












