
फागुन २६, २०७७ बुधबार
काठमाण्डौ – आउँदो जेठमा हुने एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईई जेठ १३ गतेदेखि २४ गतेसम्म हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । पहिलो दिन अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ । परीक्षा दिने परीक्षार्थीले प्रवेशपत्र अनिवार्य बोक्नु पर्नेछ ।




यस्तै, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा आगामी जेठ २६ गतेदेखि सुरु हुने छ ।तालिकाअनुसार पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा हुने छ । जेठ २७ गते ऐच्छिक नेपाली, भूगोल, कम्प्युटर साइन्सलगायतका विषयको परीक्षा हुने छ ।
फिजिक्स, पोलिटिकल साइन्स, होम साइन्स, होटल म्यानेजमेन्टलगायतका विषयको परीक्षा जेठ २८ गते हुने राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको परीक्षा तालिकामा उल्लेख छ ।हिजो बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सन्चालन गर्ने निर्णय गरेको हो ।









