
नवलपरासी ।
रामग्राम नगरस्तरीय पाँचौ आधारभूत तह अन्तर विद्यालय खेलकुद प्रतियोगिता आजदेखि परासीमा सुरु भएको छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको संयोजन तथा आर्दश माबिको अयोजनामा रामग्राम नगर स्तरीय पाँचौ आधारभूत तह अन्तर विद्यालय खेलकुद प्रतियोगिता आजदेखि सुरु भएको हो ।



चैत्र ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको आज एक समारोहका बीच रामग्राम नगर प्रमुख नरेन्द्र गुप्ताले उद्घाटन गरेका छन । प्रतियोगिताको उद्र्घाटन गदै नगरप्रमुख गुप्ताले बिद्यालय क्षेत्र सुधार गर्नको लागि रामग्राम नगरपालिकाले शिक्षा ऐन नियमावाली बनाएको बताए ।
विद्यालयलाई व्यवस्थित बनाउनको लागि शिक्षाको बातावरण बनाउने कार्य नगरपालिकाले अगाडी बढाएको बताउदै नगरप्रमुख गुप्ताले यस्ता किसिमका खेल प्रतियोगिताले विद्यालय स्तरदेखि नै खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। नगरपालिकाले खेल क्षेत्रको विकासका लागि उच्च प्राथमिकता दिएको पनि नगर प्रमुख गुप्ताले बताए ।
रामग्राम नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी २९ विद्यालयका विद्यार्थीहरु सहभागि रहेको उक्त प्रतियोगितामा सात विद्याका खेलहरुमा छात्र÷छात्राबीच छुट्टाछुट्टै प्रतिस्पर्धा गराईने आर्दशमावि परासीका प्रधानाध्यापक अरबिन्द पाठकले जानकारी दिए ।
जस्मा जिलेबी दौड कुर्सी दौड,बोरा दौड चम्चा दौड, तिन खुट्टा दौड, हाई जम्प, सटफुट (राउण्ड) रिले लगायतको खेलहरुको खेलाईने आयोजकले जानएको छ ।








