
बुटवल ।
अर्घाखाँची जुकेना–रुपन्देही सम्पर्क समाजले सोमबार रक्तदान गरेको छ ।
रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले सम्पर्क समाजले प्रत्येक वर्षको चैत्र २ गते रक्तदान कार्यक्रम गर्दै आएको सम्पर्क समाजका अध्यक्ष नुमेन्द्र पौडेलले बताए ।



रक्तादान गर्ने सबैलाई सम्पर्क समाजका अध्यक्ष पौडेलले प्रमाणपत्र प्रदान गरेका थिए । रक्तसञ्चार केन्द्र बुटवलमा भएको रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक विष्णु प्रसाद पौडेलले बताए ।
२०७० सालमा स्थापना भएको अर्घाखाँची रुपन्देही–जुकेना सम्पर्क समाजले २०७३ देखि प्रत्येक वर्षको चैत्र २ गते रक्तदान कार्यक्रम गर्दै आएको छ ।









