
बुटवल ।
नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले पाल्पाको तिनाउ गाउँपालिका–२ सुकेतालक्षेत्रमा अन्तरक्रिया कार्यक्रम गरेको छ । पर्यटनको सम्भावना र भैरहेका गतिबिधिबारे छलफल गरीएको हो।
कार्यक्रममा बोल्दै तिनाउ गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष राजेश श्रेष्ठले तिनाउमा धेरै संभावनाहरुको खोजी भैरहेको भन्दै सुकेताल, जन्तिलुङ, सत्यवती, भकार्लुङ पर्यटकको गन्तब्यको रुपमा बिकास गरिएको बताए ।



कार्यक्रममा सरोकारवालाहरुले धार्मिक र ऐतिहासिक महत्व रहेको सुकेताल क्षेत्रमा संचालित खानीले तालक्षेत्र प्रभावित र साँघुरो भएको हुँदा त्यसको बिस्तारसगै संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा राखेका छन् ।
रुपन्देही पाल्पा, नवलपरासी, कपिलवस्तु, दाङ लगायतका जिल्लाबाट दुई दर्जन बढी पर्यटन पत्रकारको सहभागिता रहेको कार्यक्रममा होटल तथा रेस्टुरेन्ट व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपाल,होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम,पत्रकार महासंघ लुम्बिनीका प्रदेश सदस्य बिक्रम खड्का लगायतले बोल्दै थप संभावनाको खोजी गर्नुपर्ने बताए ।
कार्यक्रम महासंघका अध्यक्ष भुवन कार्कीको अध्यक्षता,सचिब यमकला भुसालको स्वागत र महासचिव कपिल ज्ञवालीको संचालनमा भएको थियो ।









