
काठमाडौं ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ।
यससँगै कार्यसूचीमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १ को उपनियम १ बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ।



बैठकमा संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत हुनेछ।
प्रतिनिधिसभा पुनःस्थापनापछि पटक-पटक बैठक बसे पनि शोक प्रस्ताव पेस हुनेबाहेक अरु बिजनेश अघि बढेको छैन।








