death
दाङ ।
दाङमा आज भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अटोको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर ६ चोर गाउँमा रा १ ह २८२४ नम्बरको अटोले ठक्कर दिँदा ३ वर्षीया बालिका आकांक्षा चौधरीको मृत्यु भएको हो । अटोको ठक्करबाट गम्भीर घाइते बालिकालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्याइएको थियो ।



उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । अटो चालक घोराही ६ बचाहका २७ वर्षीय कमल पुनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
यता, तुलसीपुरमा पानीमा डुबेर १७ बर्षीय किशोरीको मृत्यु भएको छ ।मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं ४ बनहरी निवासी यमबहादुर बोहराकी १७ वर्षीय छोरी सृजना बोहरा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले बताए ।









