
बुटवल ।
विभिन्न किसिमका लागूऔषधसहित रुपन्देहीमा दुईजना पक्राउ परेका छन् ।एपीएफ टोलीले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका २ स्थित अमुवाबाट उनीहरुलाई मंगलबार पक्राउ गरिएको जनाएको छ ।
पक्राउ पर्नेहरुमा तिलोत्तमा नगरपालिका १ बस्ने २० वर्षीय राजु बुढाथोकी र ३१ वर्षीय संजीव भट्टराई रहेका छन् । भारतबाट लु ६८ प ८ नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मजरकट्टिबाट खटिएको एपीएफ टोलीले शंका लागेर जाँच गर्दा उनीहरु पक्राउ परेका हुन् ।



उनीहरुको साथमा नाईट्रोजेपाम ट्याब्लेट १५ वटा, वानरेक्स कफ ३ बोतल र २४ वटा स्पामर्ट ओकहार्ड क्याप्सुल बरामद गरिएको छ ।
पक्राउ परेका र बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय धकधईमा बुझाइएको छ ।









