
काठमाडौं ।
स्थानीय र पश्चिमी वायुको प्रभावले आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहने छ ।



बुधबार दिउँसो पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।








