
बुटवल ।
तिलोत्तमा नगरपालिकाका सात हजार जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । १७ वडामैं खोप केन्द्र कायम गरी तिलोत्तमामा चैत १ गतेदेखि ३ गतेसम्म कोरोना विरुद्धको खोप अभियान चलाइएको थियो ।अभियान अन्तर्गत् ७ हजार २४ जनाले खोप लगाएको जनस्वास्थ्य निरीक्षक ठानेश्वर बस्यालले जानकारी दिनुभयो ।
तिलोत्तमाको खोप अभियानमा ७०४ भाइल भ्याक्सिन खपत भएको स्वास्थ्य शाखाले जनाएको छ । आ—आफ्नो वडामैं खोप लगाउने व्यवस्था मिलाइएकोमा नगरबासीले सहज महशुस गरेका थिए । नगर प्रमुख बासुदेव घिमिरेले नगरबासीले आफ्नो घर नजिकैंबाट खोप सेवा पाऊँन् भन्ने उद्देश्यले आवश्यक प्रबन्ध मिलाएर हरेक वडामा खोप केन्द्र कायम गरिएको बताउनुभयो ।

अभियान अन्तर्गत् ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाएका हुन् । खोप अभियानमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य स्वयंसेविकाको साथैं टोल विकास संस्था, क्लवहरुले समेत सहयोग पुर्याएका थिए ।



हरेक वडामा खोप केन्द्र भए पनि स्थानीयको सहजताको लागि सवारीसाधनको समेत व्यवस्थापन मिलाइएको थियो ।









