
काठमाडौं ।
भोलि (शुक्रबार) बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची तय भएको छ। संघीय संसदको महासचिव डा. भरतराज गौतमले यो सार्वजनिक गरेको हुन्।
भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६०७७ को वार्षिक प्रतिवेदनसमेत पेस गर्ने कार्यसूची छ।



यस्तै सभामुख अग्निप्रसाद सापकोटाले पूर्व राष्ट्रियसभा सदस्य एवं संविधान सभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्। प्रतिनिधि सभा पुनःस्थापनापछि हालसम्म तीन वटा बैठक बसेको छ। राजनीतिक दलको किचलोको कारणले संसद् बैठक अगाडि बढ्न सकेको छैन।









