
पश्चिम नवलपरासी ।
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका ४ स्थित चिसापानीबाट सशस्त्र प्रहरीको टोलीले अवैध लत्ताकपडा बरामद गरेको छ।
टोलीले चैत ७ गते करिब ४ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सेमरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।



बरामद लत्ताकपडा भन्सार कार्यालय महेशपुरमा बुझाइएको छ।









