
बुटवल ।
नेपाल पत्रकार महासघको आसन्न निर्वाचनको तयारीका लागि नेपाल प्रेस युनियन रुपन्देहीले जिल्ला भेला तथा छलफल कार्यक्रम गरेको छ ।
शनिबार बुटवल,योगीकुटीमा गरीएको भेलामा आशन्न निर्वाचनकालागि युनीयनले अपनाउने रणनीति र नेतृत्वका सम्बन्धमा छलफल भएको हो ।भेलाले पत्रकार सम्बद्ध संघसंगठनहरु संग सहकार्य र समन्वय गरी पत्रकार महासंघ रुपन्देहीलाइ सबै पत्रकारहरुको साझा संस्थाकै रुपमा अगाडी बढाउन युनियतले नेतृत्वदायि भुमिका खेल्ने निर्णय गरेको छ ।



पत्रकार महासंघलाइ साझा रुपमा अगाडी बढाउन सम्पूर्ण पत्रकारहरुको एकता र सहकार्य आवश्यक भएको भन्दै भेलाले पत्रकार सम्बद्ध संघसंगठनहरुलाइ सहकार्यकालागि आब्हान पनि गरेको छ ।
भेलाले निर्वाचन तयारीकालागि प्रेस युनियन रुपन्देहीका सल्लाहकार हरि लम्सालको नेतृत्वमा निर्वाचन तयारी उच्च स्तरीय समिति पनि गठन गरेको छ ।कार्यक्रम युनियनका सचिव श्याम शंकर पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।









