
परासी ।
पश्चिम नवलपरासीमा वास पत्रकार समूह जिल्ला समिति गठन भएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ पश्चिम नवलपरासीको आयोजनामा आज सुनवलमा खानेपानी, सरसफाइ र स्वच्छता ९वास०को क्षेत्रमा कलम चलाउने पत्रकारहरुको भेलाले ११ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।
भेलाले राससका जिल्ला समाचारदाता मोहन पौडेलको अध्यक्षतामा जिल्ला समिति गठन गरेको महासंघले जनाएको छ । नवगठित समितिको उपाध्यक्षमा दिपक खनाल ,सचिवमा मालति न्यौपाने चयन भएका छन् ।



यसैगरी सदस्यहरुमा कृष्ण ढकाल , रमेश भुसाल राज चौधरी, वेनिमाधव बस्याल, नन्दु कंवर ,रामु भुसाल ,गौरीशंकर जयसवाल र ईन्दिरा विश्वकर्मा रहेका छन् ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका संयोजक थानप्रसाद गैरेले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
खानेपानी महासंघका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता तथा उपाध्यक्ष तारा सुनारको स्वागतमा कार्यक्रम संपन्न भएको हो ।









