
कृष्ण परियार/अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका २ चुत्रावेसि नजिकै डवल क्याप जिप दुर्घटना हुदाँ ४ जना घाईते भएका छन् ।
अर्घाको सक्रेटिबाट सन्धिखर्क आउदै गरेको लु १ ज ४५३८ नम्बरको बोलेरो डबल क्याप जिप जनज्योती मावीको नजिकैको ओरालोमा बिहान पौने ९ बजेतिर दुर्घटना भएको हो ।



जिपमा सबार ४ जना यात्रु मध्ये २ जना गम्भीर घाईते भएका छन, घाइतेहरुको सन्धिखर्क जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।

घाईते हुनेहरुमा १८ बर्षका बिजय खत्री, ४२ बर्षका गाडी चालक ठक बहादुर खत्री , ६६ बर्षिय सीता खत्री र २३ बर्षिय साबित्रा खत्री रहेका छ्न । घाईते मध्ये चालक ठक बहादुर खत्री र सिता खत्री गम्भिर घाईते भएको जिला ट्राफिक प्रमुख प्रबिन आचार्यले जानकारी दिनुभयो ।
ओरालो बाटोमा तिव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।अहिले घाईतेहरुको जिल्ला अस्पताल अर्घाखाँची मा उपचार भैइरहेको छ ।









