
बाँके ।
बलात्कारसम्बन्धी झुटा मुद्दा दर्ता गराएको आरोपमा अदालतबाट सजाय तोकिएकी बाँकेको कोहलपुरकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
कोहलपुरकै एक युवकमाथि जबरजस्ती करणीको मुद्दा दायर गरेकोमा त्यो झुटो साबित भएपछि प्रहरीले उनलाई १० दिन कैद र एक हजार रुपैयाँ जरिबाना तोकेको थियो ।



२०७३ कात्तिक ७ गते अदालतले सजाय तोकेपछि भागेकी महिलालाई पक्राउ गरेर आइतवार अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।









