
पाल्पा ।
पाल्पाको बगनासकालीमा अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् ।
बगनासकाली गाउँपालिका ३ तल्लो सिन्चासका ५८ वर्षीय हिराबहादुर सारुलाई प्रहरीले अवैध भरुवा बन्दुक सहित पक्राउ गरेको हो । घरमा लुकाईछिपाई भरुवा बन्दुक राखेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले खोजतलास गर्दा १ नाले भरुवा बन्दुक ३ थान फेला पारेको छ ।



अवैध रुपमा भरुवा बन्दुक राखेको आरोपमा सारुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । प्रहरीले केही दिन अघि पनि बगनासकाली गाउँपालिका ४ महछापबाट अवैध भरुवा बन्दुक सहित एक जनालाई नियन्त्रणमा लिएको थियो ।
महछापका २१ वर्षीय प्रेमबहादुर कनौजेलाई प्रहरीले अवैध भरुवा बन्दुक सहित पक्राउ गरेको थियो ।









