ट्रेन्डिङ

घरदैलोमै सेवा: रामपुरको एकीकृत घुम्ती शिविरमा नागरिकको उत्साहजनक सहभागिता

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार सम्बन्धी सचेतना कार्यक्रम समपन्न

रामपुर–८ मा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वर्षा नहुँदा तराई तातिदै, भैरहवामा तापक्रम ३७.५ डिग्रीबाट माथि उक्लँदै

रवि लामिछाने पुगे दिल्ली, भाजपा महासचिवले गरे स्वागत

प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

नेपाल–भारत सीमा बारे प्रधानमन्त्री शाहको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण

“पाल्पा अस्पताललाई ५० शैयाको आधुनिक अस्पताल बनाउँछौं” : मुख्यमन्त्री आचार्य

गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

पाल्पा बन्यो मुलुककै पहिलो ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’ जिल्ला

विद्यालय तहबाटै अभिभावक सचेतना आवश्यक: प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल

रिब्दीकोटमा अभिभावक शिक्षा अभियान तीव्र, आज वडा नं. १ मा विशेष कार्यक्रम हुँदै,अन्य वडामा पनि तयारी तीव्र

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

तिनाउ गाउँपालिकाको सातौँ अध्यक्ष प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

जापानले दियो तानसेन र रैनादेवी छहरालाई दमकल

आँधी कालमेगी: फिलिपिन्समा ११४ जनाको ज्यान लिएर भियतनामतर्फ अघि बढ्यो

बहुमत पुग्नै कठिन, पुगे टिक्न झन् कठिन : कांग्रेस सभापति देउवा

९ चैत, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि नयाँ सरकार गठनको पहल लिन पार्टीभित्र र बाहिरबाट दबाब छ ।तर, जनता समाजवादी पार्टी जसपा भित्रको विवाद र नेकपा ९माओवादी केन्द्र० को अलमलका कारण आफ्नो नेतृत्वमा सरकार निर्माण हुने ठोस आधार अझै निर्माण नभएको भन्दै देउवा अगाडि सरेका छैनन् ।नेताहरूका अनुसार आफैंले पहल गरेर अगाडि बढिसकेपछि कुनै अवरोध नआओस् भनेर देउवा आश्वस्त हुन चाहिरहेका छन् । सोमबार बसेको पार्टी पदाधिकारीको बैठकले पनि सरकार बनाउन पहल गर्ने विषयमा कुनै ठोस निर्णय गरेन ।बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको नेतृत्वमा सरकार गठन गर्नका लागि परिपक्व अवस्था नआइसकेको बताए ।लेखकले भने परिआयो भने नेपाली कांग्रेस वैकल्पिक सरकार दिन तयार छ तर अहिले स्थिति परिपक्व भइसकेको छैन ।
कांग्रेसले परिपक्व निर्णय लिनुपर्छ ।’यदि ओलीविरुद्धको अविश्वासको प्रस्ताव पास भएन भने संवैधानिक प्रावधान अनुसार अर्को अविश्वास प्रस्ताव एक वर्षसम्म पेश गर्न मिल्दैन र ओली सरकारले नै निरन्तरता पाउनेअवस्था उत्पन्न हुन्छ ।नेताहरूका अनुसार आफ्नो नेतृत्वमा सरकार बन्ने परिस्थिति अझै परिपक्व नबनेको देउवाको विश्लेषण छ । त्यसैले अन्य नेताले चाहेर पनि पार्टीले सरकार निर्माणबारे औपचारिक निर्णय लिन सकेको छैन । नयाँ सरकार निर्माणमा ‘किङ मेकर’ को रूपमा उदाएको जसपाले एकढिक्का भएर समर्थन नगरे देउवाको नेतृत्वमा सरकार बन्दैन ।नयाँ सरकार बनाउन सबैभन्दा पहिला प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नुपर्छ वा विश्वासको मत लिंदा ओली संसदमा अल्पमतमा पर्नुपर्छ ।अविश्वासको प्रस्तावसँगै प्रधानमन्त्री उम्मेदवारको नाम पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।त्यसका लागि तीन दलको बीचमा मन्त्रिमण्डल बाँडफाँटदेखि न्यूनतम नीति र कार्यक्रमको विषयमा सहमति हुनुपर्छ, जुन विषयमा उनीहरूका बीचमा कुराकानी शुरू समेत भएको छैन । दोस्रो तहका केही नेताले अनौपचारिक रूपमा प्रारम्भिक कुराकानी गरेका छन् तर यो काम ठोस रूपमा अगाडि बढेको छैन ।राजनीतिशास्त्री प्राध्यापक लोकराज बराल देउवाले नयाँ सरकार गठनका सम्बन्धमा पछिल्लो पटक अपनाएको रणनीतिलाई जायज मान्छन् ।
उनले अनलाइनखबरसँग भने, ‘संसद्मा ६१ सिट भएको शेरबहादुर देउवा मात्र अगाडि बढेर नयाँ सरकार गठन हुँदैन । माओवादीले अहिलेसम्म सरकारलाई दिएको समर्थन नै फिर्ता लिन सकेको छैन अनि सरकार निर्माण प्रक्रिया कसरी अगाडि बढ्छ रु’बरालका अनुसार माओवादी र जसपाले आन्तरिक रूपमा विवाद मिलाएर कांग्रेससँग प्रधानमन्त्री उम्मेदवारको बारेमा छलफल गरे नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्छ र संयुक्त रूपमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पनि पेश हुन्छ ।
दलहरूले अहिलेसम्म गम्भीर पहल नै नगरेको उनको बुझाइ छ । उनले अनलाइनखबरसँग भने अहिले माओवादी केन्द्र र जसपाको कारणले सबै प्रक्रिया अड्केको जस्तो लाग्छ ।’संख्याको हिसाबले पनि नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा त्यति सुविधाजनक अवस्थामा छैनन्, त्यसैले पनि देउवा ढुक्क भएर अगाडि बढ्न सकेका छैनन् । संसदमा उपस्थितिको हिसाबले तीन दलसँग जम्मा १४१ सिट मात्र रहेको छ जुन आवश्यक बहुमत संख्या भन्दा केही मत मात्रै बढी हो ।त्यसमाथि पनि जसपामा सरकारको विषयलाई लिएर किचलो बढ्दो छ ।
यदि जसपा एक रहेन र त्यहाँका केही सांसदले पार्टी छोडे वा संसदको बैठकमा अनुपस्थित भए भने ओलीविरुद्धको अविश्वासको प्रस्ताव पास हुनेमा कांग्रेस सशंकित छ ।
यदि ओलीविरुद्धको अविश्वासको प्रस्ताव पास भएन भने संवैधानिक प्रावधान अनुसार अर्को अविश्वास प्रस्ताव एक वर्षसम्म पेश गर्न मिल्दैन र ओली सरकारले नै निरन्तरता पाउने अवस्था उत्पन्न हुन्छ ।
ओलीविरुद्धको अविश्वासको प्रस्ताव पारित नै भएर संविधानको धारा ७६ ९२० अनुसार देउवा प्रधानमन्त्री भएको खण्डमा पनि उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । फेरि जसपाका कारण आफूले विश्वासको मत नै लिन नसक्ने त होइन भन्ने विषय पनि देउवाले निकट नेताहरूसँग उठाउने गरेका छन् ।
देउवाले विश्वासको मत लिन सकेनन् भने संविधानको धारा ७६९३० अनुसार संसदमा सबैभन्दा ठूलो संसदीय दलको नेताको हैसियतमा एमाले संसदीय दलको नेता केपी ओलीकै नेतृत्वमा फेरि अल्पमतको सरकार बन्छ ।
कांग्रेसका एक नेताले भने, ‘एकातिर जसपामा प्रधानमन्त्री केपी ओलीलाई कसरी हेर्ने भन्ने विषयमा भिन्न भिन्न दृष्टिकोण रहेको छ भने अर्कोतिर नयाँ प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने भन्ने विषयमा पनि जसपाले कुनै औपचारिक निर्णय गरेको छैन ।’
उनका अनुसार सरकार बनेपछि निर्वाचनसम्म जसपा एक ढिक्का हुन्छ भन्ने आश्वासन पनि देउवाले खोजिरहेका छन् । सरकार गठनको सम्बन्धमा नै विवाद भएपछि जसपाभित्रको केन्द्रीय कार्यकारिणी समितिको बैठक समेत बस्न सकेको छैन ।
सरकार बनाउने भन्दा पनि निर्वाचनमा जाने माहोल बनोस् भन्ने देउवाको चाहना छ तर त्यसलाई उनले प्रष्ट रूपमा व्यक्त गर्न सकेका छैनन् । त्यसैले पनि उनले सरकार बनाउन कुनै हतारो नदेखाएका हुन् ।
सरकार गठनका सम्बन्धमा जसपामा विभिन्न मत छन् । चैत ५ गतेलाई तय भएको बैठक नेताहरूको विवादका कारण अनिश्चितकालका लागि स्थगन भएको छ । जसपाले सरकारका सम्बन्धमा कहिले औपचारिक निर्णय गर्छ भन्ने नै यकिन छैन । ओली सरकारलाई हटाउने सम्बन्धमा दुई कित्तामा विभाजित जसपा नयाँ सरकार गठनका सम्बन्धमा पनि स्पष्ट छैन ।
राजेन्द्र महतो र महन्थ ठाकुरलगायत नेता जसले आफ्ना एजेण्डा सम्बोधन गर्छ उसैलाई समर्थन गर्ने बताए पनि देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने सम्बन्धमा बाबुराम भट्टराई र उपेन्द्र यादवले पनि केही बोलेका छैनन् ।
चैत ५ गतेको बैठकमा पेश गर्न भन्दै यादवले पाँच पृष्ठ लामो राजनीतिक प्रतिवेदन तयार पारेका थिए । तर, राजेन्द्र महतो र महन्थ ठाकुरले त्यसलाई कम्युनिष्ट पार्टीको दस्तावेज भन्दै अस्वीकार गरे र त्यही कारणले बैठक बस्न सकेन । जसपाका एक नेता भन्छन्, ‘त्यो पेश नभएको दस्तावेजले जसपामा दुई पक्षबीच झन् दूरी कायम गरेको छ र सरकारका सम्बन्धमा छिटो निर्णय गर्ने सम्भावना कम छ ।यति मात्र होइन, जसपाले उठाएका मागहरूका सम्बन्धमा के गर्ने भन्ने सम्बन्धमा पनि कांग्रेस अलमलमा नै छ । कांग्रेस वा नेकपालाई सरकार बनाउनको लागि समर्थन गर्न आफ्नो केही मागहरू पूरा गर्नुपर्ने जसपाको भनाइ छ ।
एक नेताका अनुसार राजनीतिक सहमति गरी ओलीलाई हटाउने वा निर्वाचनमा जाने बाटो तय गर्नु सबै राजनीतिक दलको दायित्व हो । उनी भन्छन्, ‘यस्तो अवस्थामा हामी एक्लै जसपाको मागको भारी बोक्न सक्दैनौं, रेशम चौधरीको रिहाइ र संविधान संशोधनको विषय हामीले मात्र समाधान गर्न सक्ने विषय होइन ।’
राजनीतिशास्त्री बराल सरकार गठनका लागि जसपाले केही माग अगाडि सारेको तर ती माग अहिले पूरा नै हुन नसक्ने बताउँछन् । उनले भने, ‘अहिले मधेशको माग कसैले पनि पूरा गर्न सक्दैन, त्यसका लागि दुई तिहाइ मत चाहिन्छ ।’
उनका अनुसार रेशम चौधरीको रिहाइको माग पनि पूरा गर्न देउवालाई कठिन छ किनभने उनलाई रिहाइ गर्दा त्यहाँको पहाडे समुदायले विरोध गर्न सक्छ । उनले अगाडि भने, ‘ओलीले मात्र होइन, देउवाले पनि जसपाको माग पूरा गर्न सक्दैनन्, त्यसैले ओलीलाई हटाउने हो भने मधेशवादी दलहरूले निर्णय गर्न सक्नुपर्छ ।’
एक नेताका अनुसार आफैंले सरकार बनाउँछु भनेर अगाडि बढ्दा यी सबै विषयमा प्रतिबद्धता जनाउन देउवा तयार छैनन् । कांग्रेससँगको वार्तामा पनि जसपाले आफ्ना नेता रेशम चौधरीको रिहाइलाई एक प्रमुख राजनीतिक एजेण्डा बनाएको थियो ।
यसबाहेक अब ‘अर्लि निर्वाचन’ मा जानुपर्छ भनी कांग्रेसभित्र विकास हुँदै गएको मुडले पनि यथास्थितिलाई मलजल गरिरहेको छ । सरकार बनाउने भन्दा पनि निर्वाचनमा जाने माहोल बनोस् भन्ने देउवाको चाहना छ तर त्यसलाई उनले प्रष्ट रूपमा व्यक्त गर्न सकेका छैनन् । त्यसैले पनि उनले सरकार बनाउन कुनै हतारो नदेखाएका हुन् ।
अहिले प्रधानमन्त्री बनेर २० महिनापछि मात्रै निर्वाचनमा जाने पक्षमा देउवा छैनन् । सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएको र वामपन्थी दलहरू कमजोर भएकाले तत्कालै निर्वाचनमा जानु पार्टीका लागि फाइदा हुने उनको विश्लेषण छ ।
उनी आफ्नो नेतृत्वमा सरकार बनाएपछि तत्कालै निर्वाचनमा जाने पक्षमा छन् । तर, भर्खरै पार्टी ब्युँतिएको नेकपा माओवादी केन्द्र तत्कालै निर्वाचनमा जाने पक्षमा छैन भने नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पनि तत्कालै निर्वाचनको पक्षमा देखिने सम्भावना कम छ ।
नयाँ सरकारका सम्बन्धमा माओवादी केन्द्रले तत्काल कुनै पनि निर्णय नलिनुको कारण सत्तारुढ नेकपा एमालेभित्रको विवाद पनि हो । विशेषतः माधव नेपालले नेतृत्व गरेको समूह एमालेमा नै रहे वा नरहे कस्तो नीति बनाउने भन्नेमा माओवादी केन्द्रले पर्खेर हेरिरहेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि सरकारलाई दिएको समर्थन फिर्ता लिन दलभित्रबाट दबाब छ । तर, सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ७६ ९२० अनुसारको नयाँ गठबन्धन सरकार बन्न नसके ७६ ९३० अनुसार ठूलो दलको हैसियतमा ओली पुनः प्रधानमन्त्री हुने खतरा प्रचण्डले देखेका छन् ।
प्रचण्डलाई आइतबार भेटेका नेकपाका एक नेता भन्छन्, ‘त्यसैले प्रचण्ड सकेसम्म तीन दलको बीचमा सरकारबारे सहमति कायम गरेर मात्रै ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा छन् ।’
तर, नयाँ सरकार बनाएर पनि जनताको पक्षमा काम गर्न सकिन्छ भन्नेमा ढुक्क नभएका देउवाको ध्यान यतिबेला प्रधानमन्त्रीमा भन्दा पनि पार्टी सभापतिमा रहेको छ । संवैधानिक प्रावधान अनुसार पार्टीले भदौ महिनामा तय भएको महाधिवेशन जसरी पनि गर्नुपर्छ ।
आफू पार्टी सभापति हुँदा नै २०७४ सालमा भएको निर्वाचनमा पार्टीले लज्जास्पद हार खेप्नुपरेको र त्यसको अपजस आफूले पाएको भन्दै आफू सभापति भएको समयमा पार्टीलाई सबैभन्दा ठूलो दलको रूपमा स्थापित गर्ने सोचाइमा देउवा देखिन्छन् ।

सम्बन्धित खवर