
काठमाण्डौ ।
‘समुद्र, जलवायु र मौसम’ भन्ने नाराका साथ आज विश्व मौसम दिवस मनाइँदै छ ।
मौसम दिवस सन् १९६१ मार्च २३ तारिखदेखि मनाउन थालिएको हो । दिवसको अवसरमा जलवायु परिवर्तनका कारण मौसममा पर्ने असरबारे जानकारी गराउन कार्यक्रम हुँदैछन् ।



जल तथा मौसम विज्ञान विभागले समुद्र, जलवायु र मौसमको अन्तरसम्बन्धबारे कार्यक्रममा जानकारी प्रस्तुत गर्ने जनाएको छ ।जलवायु परिवर्तन र प्रदूषणका कारण ओजन तहको विनाश, हिमालमा हिउँको कमी, समुद्री सतहको वृद्धिजस्ता प्रत्यक्ष असर पर्न थालेको वरिष्ठ मौसमविद् डाक्टर इन्दिरा कँडेलले बताउनुभयो ।
पछिल्लो मौसमी चक्रले नेपालसहित विश्वकै मौसम र जलवायुमा परिवर्तन आइरहेको उहाँले बताउनुभयो ।उहाँकाअनुसार विगत पाँच वर्षको तथ्याङ्क विश्लेषण गर्दा नेपालको जलवायु र मौसममा पानी पर्ने, चिसो बढ्ने र गर्मी हुने क्रममा धेरै परिवर्तन आएको छ ।








