
बुटवल ।
कोभिड–१९ को संक्रमण बढ्न थालेपछि सरकारले सर्तकता अपनाउन थालेको छ ।
संघिय प्रदेश तथा स्थानिय सरकारले संक्रमण दर बढ्न नदिनको लागी भिडभाड नगर्न तथा जनस्वास्थका मापदण्डहरु अपनाउन आग्रह गर्दै आएका छन् ।कोरोना फैलन नदिनका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले होलीमा भिडभाड नगर्न अनुरोध गरेको छ ।



जिल्ला प्रशासन रुपन्देहीले मंगलबार एक सूचना जारी गर्दै स्वास्थ्य मन्त्रालयबाट चैत ८ गते जारी भएको विज्ञप्तीलाई दृष्टिगत गर्दै स्यानिटाइजर, मास्क र सामाजिक दुरी कायम गरी स्वास्थ मापदण्ड तथा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्न र गराउनको लागी आग्रह गरेको छ ।










