
अर्घाखाँची ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सभा,सम्मेलन ,जमघट तथा भिडभाड गर्न रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षतामा बुधबार बसेको कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले जिल्लामा सभा समारोह आयोजना गर्न तथा अनावश्यक भिडभाड गर्नमा विहिवार देखी रोक लगाउने निर्णय गरेको छ।



छिमेकी मुलुकबाट जिल्ला भित्रिनेहरुको कोरोना परिक्षणका लागि आवश्यक एन्टिजेन किट लुम्बिनी प्रदेश सामाजिक विकाश मन्त्रालय स्वास्थ निर्देशनालयसंग माग गर्ने,नजिकिदै गरेको होली पर्वलाई भिडभाड नहुँने गरी आफ्नै घर परिवारसँग मिलेर मनाउन अनुरोध गर्ने र जनसमुदायलाई स्वास्थ सुरक्षा सर्तकर्ता अपनाउन आह्रवान् गर्ने निर्णय समेत बैठकले गरेको छ ।
बैठकमा नेपाली सेनाका सेनानी लेखनाथ कटुवाल, प्रहरी नायब उपरीक्षक माधब प्रसाद बुढाथोकी , शसस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन , निमिक्त जिल्ला समन्वय अधिकृत सृजना भुसाल , अनुसन्धान अधिकृत चिरञ्जीवी बुढा, मेडिकल असिस्टेन्ट डा.कपिल गौतम ,स्वास्थ कार्यलय प्रमुख पुष्पा थापा, साहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनाल, खोप अधिकृत राम प्रसाद गौतम स्वास्थ कार्यलय का सुचना अधिकारी बिजय बिक लगायतको उपस्थिति रहेको थियो ।









