
दाङ ।
दाङको दंगिशरण गाउँपालिकामा करेन्ट लगाई माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ।
दंगिशरण गाउँपालिका वडा नं. ६ बागरका २६ वर्षीय गोविन्द सुनारको घरनजिकै बागर कुलोमा करेन्ट लगाई माछा मार्ने क्रममा दिउँसो मृत्यु भएको हो।



इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार सुनारले आफ्नै घरबाट विद्युत तार तानेर खोलामा करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा उनलाई करेन्ट लाग्न पुगेको थियो।
दिउँसो साढे दुई बजे करेन्ट लागे लगत्तै उनलाई उद्दार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक शर्माले बताए।









