
चितवन ।
चितवनको भरतपुरमा बस र स्कुटर ठोक्किँदा तीन जनाको ज्यान गएको छ ।
भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा ना ५ ख २१५० नम्बरको बस र ना ४० प ७०८२ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको हो ।



शनिवार भएको दुर्घटनामा परेर स्कुटर चालक भरतपुर–६ का मोहन अधिकारी, अधिकारीकी १७ वर्षकी चोरी विनिशा र चालक अधिकारीका दाइकी छोरी दिविसाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार स्कुटरमा तीन जना रहेका थिए ।








