
अर्घाखाँची ।
सत्तारुढ नेकपा एमालेको खनाल–नेपाल समूहले अर्घाखाँचीमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।
तत्कालीन जिल्ला सचिव रामबहादुर चौहानको अध्यक्षतामा खनाल–नेपाल समूहले ७० सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको हो ।शनिबार जिल्ला भेला गर्दै खनाल–नेपाल समूहले जिल्ला कार्य समितिको चयन गरेको हो ।



संस्थापन पक्षले पेलेको निष्कर्षसहित खनाल–नेपाल समूहको बैठकले यही चैत मसान्तभित्र पालिका, वार्ड र टोल तहका कमिटीहरु पुनर्गठन गर्ने, जनसंगठनका जिल्ला, पालिका, वार्ड र टोल तहका कमिटीहरु पुनर्गठन गर्ने निर्णयसमेत गरेको छ ।
शनिबारको बैठकमा उपस्थित नेताहरुले एमालेलाई विधि, प्रकृया र जनचाहना अनुरुप अघि बढाउन समानान्तर कमिटी गठन गर्नुपरेको बताएका थिए । अर्घाखाँचीमा एमालेका जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्य छन् ।









