
काठमाडौं ।
पछिल्लो चौबीस घण्टामा कोभिड–१९ का १४१ संक्रमित थपिएका छन् । तीन हजार ११२ जनाको पीसीआर परीक्षण गरिएकोमा १४१ जनाको नतिजा पोजिटिभ आएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ९८० पुगेको छ । त्यस्तै, पछिल्लो चौबीस घण्टामा ८२ जना संक्रमणमुक्त भएका छन् ।



योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ६१२ पुगेको छ । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म देशमा कोभिड–१९ का कारण तीन हजार २७ जनाले ज्यान गुमाइसकेका छन् ।
हाल देशभर क्वारेन्टिनमा ५६ जना छन् भने आइसोलेसनमा एक ३४१ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।








