
काठमाडौँ ।
चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ।
नेपालका चिनियाँ राजदूत होउ यान्छीले सोमबार उक्त खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेकी हुन्।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच यान्छीले खोप हस्तान्तरण गरेकी हुन्।



चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको उक्त खोपको आठ लाख डोज खोप सोमबार मात्रै नेपाल आइपुगेको हो।
यस अघि भारत सरकारले अनुदान स्वरुप दिएको १० ’कोभिसिल्ड’ खोप प्रयोग गरिसकेको छ। पहिलो चरणको खोप माघ १४ गते देखि लगाउन सुरु गरिएको थियो।








