
बुटवल ।
रङ्गहरुको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइएको छ ।
सोमबार रुपन्देही, नवपरासी, कपिलवस्तु सहित तराईका अधिकांस जिल्लाहरुमा वैमानस्यता त्यागेर, आपसी सद्भाव सहित एक आपसमा रंग दलेर होली पर्व मनाइएको हो ।



छिमेकी देश भारतमा कोरोनाको संक्रमण फैलिएकाले नेपालमा पनि संक्रमण फैलिन सक्ने भन्दै सरकारले सार्वजनिक स्थलमा भीडभाड नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गरेर होली पर्व मनाउन आग्रह गरेको थियो ।
तरपनि होली मनाउनेहरुमा कोरोनाको त्रास देखिएन ।गत वर्षहरुमा जस्तो होलीको रौनकता यसपाली देखिएन ।आज आफन्त, छिमेकी र साथीभाइहरु माझ होली खेलिएको छ ।
होलीमा मादक पदार्थ सेवन गरी हो हल्ला गर्ने,जबरजस्ती रंग लगाइदिनेलाई कारवाही गर्न र त्यस्ता उच्छृङ्खल गतिविधि रोक्न चोक चोकमा प्रहरी समेत परिचालन गरिएको थियो ।









