
?
अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्कमा निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन भएको छ ।
कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको आयोजनामा खरिदार र नासु स्तरको लोक सेवा तयारी कक्षा निःशुल्क सञ्चालन भएको हो । लोक सेवा आयोगको परीक्षालाई लक्षित गर्दै कक्षा संचालन भएको हो । प्रशिक्षार्थीको क्षमता विकास गनको लागी निःशुल्क रुपमा तयारी कक्षा सञ्चालन गरिएको युनियनका जिल्ला अध्यक्ष झविन्द्र खनालले बताए ।



महँगो शुल्क तिरेर लोक सेवा तयारी कक्षा पढ्दा प्रशिक्षार्थीहरूमा आर्थिक अभाव हुने भएकाले निःशुल्क कक्षा सञ्चालन गरिएको लोक सेवा आयोग तयारी कक्षा कार्यक्रमका संयोजक कृष्ण वर्माले बताए ।
महँगो शुल्क तिरेर बुटवल तथा काठमाण्डौमा गएर पढ्नुपर्ने तयारी कक्षा सन्धिखर्कमै लोक सेवा पास गरेका उपसचिव तथा अधिकृत स्तरका कर्मचारीले निःशुल्क दिएपछि विद्यार्थी खुसी भएका छन् ।
एक महिनासम्म सञ्चालन हुने लोक सेवा तयारी कक्षामा ७० जनाको सहभागिता रहेको छ । पछिल्लो समय लोकसेवा प्रति विद्यार्थीहरुको आर्कषण बढ्दै गएको छ ।









