
बुटवल ।
बुटवलको लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघ तथा कृषिउपजथोक बजार (मण्डी) लाई डिजीटल बजार घोषणा गरिएको छ ।
प्रभु बैंक लिमीटेड र फोनपे पेमेन्ट सर्विसको सहकार्यमा बुटवलको फलफुल तथा तरकारी मण्डीलाई डिजीटल बजार घोषणा गरिएको हो ।



बुधबार नेपाल राष्ट्र बैंक भैरहवा शाखाका मुख्य प्रबन्धक सुदिप फुयालले सम्पुर्ण व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गर्नु भयो ।
साथै लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष बाबुराम भुषाल र कृषि उपज थोक बजार (मण्डी)का अध्यक्ष घनश्याम भुषालले यसले कारोवारलाई अझ सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको सञ्चालन प्रभु बैंक लिमीटेड लुम्बिनी प्रदेश प्रमुख सुभाष कुवंरले गर्नु भएको थियो ।









