
अर्घाखाँची ।
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाईते भएका छन् ।
सुपादेउराली दर्शन गरि फर्कदै गरेको लु १ ज १६५४ नम्बरको जीप भुमिकास्थान ९ ढिकुरामा दुर्घटना हुँदा ७ जना घाईते भएका हुन् ।



प्युठानको ऐरावती ५ बाट दर्शनका लागी आएको जिप फर्कने क्रममा बाटोमै दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते हुनेमा प्युठान ऐरावती ५ का ४५ बर्षीया साबित्रा श्रेष्ठ, १५ बर्षीय बिकाश पाठक, ५४ बर्षीय बुद्धि श्रेष्ठ, २८ बर्षीया सुस्मा घर्ती क्षेत्री, १९ बर्षीया सपना जिसी, ७५ बर्षीया पार्वता श्रेष्ठ र १० बर्षीय जेनिस रायमाझी रहेका छन् ।
घाइतेहरूको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुजन शाहले बताए ।
जिपमा सवार १० जना मध्ये ३ जना भने सकुशल रहेका छन् ।गुडिरहेको जिपको तेलको पाईप फुट्दा इन्जिनले काम गर्न छोडेपछि सडकमै जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।









