
दाङ ।
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घोराही–लमही सडकखण्ड अन्तरगत मुसोटमा भएको सवारी दुर्घटनामा लमही नगरपालिका–९ पैते निवासी २९ वर्षीय अतिराम चौधरी र सैनामैना नगरपालिका रुपेन्देही निवासी २८ वर्षका यादव खनालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घोराहीबाट लमहीतर्फ जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुवाहक माइक्रोबस शुक्रबार बेलुका ५ बजेतिर घोराही–मसोटको ओरालोमा दुर्घटना भएको थियो ।



यात्रुबाहक बस कारलाई ओरालोमा ठक्कर दिएर अनियन्त्रीत हुँदा दुर्घटनामा परेको थियो। दुर्घटनामा २८ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्य एकजना एकजनाको अवस्था गम्भिर रहेको छ । ओरालोमा बसको ब्रेकफेल हुदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एव डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन ।
दुर्घटनामा लमही नगरपालिका– १ निवासी ४६ वर्षीय बेलपति तौधरी, सोही ठाउँ निवासी ७० वर्षीय लिलावति चौधरी, लमही नगरपालिका – १ निवासी ४० वर्षीय आशा चौधरी, लमही नगरपालिका –२ सोनपुर निवासी ५४वर्षीय सीता चौधरी, लमही नगरपालिका–२ सोनपुर निवासी ५५ वर्षीय फुजुवा चौधरी र उनकी छोरी १६ वर्षीय ववि चौधरी, लमही नगरपालिका –२ निवासी ३० वर्षीय श्यामकुमारी चौधरी, लमही नगरपालिका– ५ कोलही निवासी १८ वर्षीय अनुजा चौधरी, लमही नगरपालिका –र ६ खैरी निवासी ६३ वर्षीय यमराज नेपाली घाइते भएका छन् ।
त्यसैगरी लमही ६ निवासी ३९ वर्षीया निर्मला नेपाली, ३२ वर्षिया सुनिता नेपाली, ६१ वर्षीय जंगबहादुर घर्ती, २७ वर्षीय दिलु चौधरी, लमही नगरपालिका–७ निवासी ३८ वर्षीया चन्द्रकलि चौधरी, लमही नगरपालिका – ९ निवासी ३२वर्षीय कमल चौधरी घाइते भएका छन् ।
त्यसैगरी राप्ती गाउँपालिका– १ निवासी २८ वर्षीया दिलकुमारी चौधरी, राजपुर गाउँपालिका–१ गुरूङ्खोला निवासी २७ वर्षीया सावित्री वली,२ वर्षकी रोशी वली, राजपुर गाउँपालिका– ४ दुलहिया निवासी ४० वर्षीया फुलमाया घर्ती, रोल्पा परिवर्तन गाउँपालिका–१ निवासी खुरेली निवासी ५१ वर्षीय तेजप्रसाद घर्ती, ५४ वर्षीया लालमाया घर्ती, घोराही उपमहानगरपालिका–१५ निवासी १८ वर्षीया अञ्जना चौधरी,२० वर्षीया आरती कुवर,२० वर्षीया सितल कुवर, मोरङ घर भएका ३६ वर्षीय खड्कबहादुर श्रेष्ठ, घोराही उपमहानगरपालिका–२ रामपुर निवासी ३२ वर्षीया सुशीला पोख्रेल पनि घाइते भएका हुन् ।









