
काठमाडौं ।
नेकपा एमालेको खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक शनिबार दिउँसो ३ बजे काठमाडौंको कलंकीमा बस्नेछ।
बैठकले केन्द्रदेखि स्थानीय तहसम्मै समानान्तर कमिटी बनाएर प्रशिक्षण‚ भेला‚ सम्मेलनलगायतका अभियान घोषणा गर्ने बताइएको छ।



पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल–खनाल नेपाल समूहका नेताहरुलाई कारबाही गर्ने‚ पार्टी सदस्यबाटै निलम्बन गर्ने‚ जिम्मेवारी खोस्नेलगायतका गतिविधि गरेको भन्दै उक्त समूहले अभियान सुरु गर्न लागेको बताइएको छ।
शुक्रबार बसेको स्थायी कमिटी बैठकले गत राष्ट्रिय भेलामा प्रस्तुत अवधारणापत्रबारे १० वटा टोलीबाट आएका सुझाव समेट्दै त्यसलाई अन्तिम रुप दिने र देशभर पठाउने निर्णय गरेको थियो।








