
पाल्पा ।
पाल्पाको तानसेनमा बोलेरो जिप दुर्घटना हुदा दुईजनाको मृत्य भएको छ।
गएराति साढे १२ बजेको समयमा लु २ च ६३२ नम्बरको कुखुरा बोकेको बोलेरो जिप दुर्घटना हुदा चालक बगनासकाली–४ का विजय खाम्चा र रिब्दीकोट ४ का राज थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।



युनाईटेड मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









